हाम्रो स्वाभिमान ट्रस्टद्वारा सिलगढ़ीको चमकडाङ्गीमा योगा दिवस पालन

सिलगढी: सिलगढ़ीको सालुगढ़ा नजिकै अवस्थित चमकडाङ्गीमा आज अन्तर्राष्ट्रिय योगा दिवस पालन गरियो। टिस्टा नदीको किनारमा अवस्थित रमणीय चमकडाङ्गीमा सम्पन्न कार्यक्रमको आयोजन हाम्रो स्वाभिमान ट्रस्टको पश्चिम बङ्गाल राज्य समिति र चमकडाङ्गीमा सञ्चालित नव ज्योति समाजको संयुक्त तत्वावधानमा गरिएको थियो।  उक्त कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिका साहित्य प्रभारी गौतम छेत्रीले यो कार्यक्रम आयोजन गर्नुको उद्देश्य बारेमा बताए। यस कार्यक्रमको आयोजना गर्नको लागि जनकल्याण मञ्च, चमकडाङ्गी र चमकडाङ्गी युवा संघको पनि सहयोग रहेको थियो ।  हाम्रो स्वाभिमान ट्रस्टको पश्चिम बङ्गाल राज्य समितिकी अध्यक्षा श्रीमती कुमारी निरौलाद्वारा अध्यक्षता गरिएको कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्ट, दिल्ली राज्यका समन्वयक केदार खवासले योगका विभिन्न आसन बारेमा जानकारी गराउँदै ती आसनहरू सञ्चालन गरेका थिए। कार्यक्रममा सभाध्यक्षा श्रीमती कुमारी निरौलाले आफू पतञ्जली योगपीठसित 2009 देखि नै संलग्न रहेको बताइन् ।  शरीर स्वस्थ राख्ने यो कला सबैका लागि महत्वपूर्ण रहेको तिनले जानकारी गराइन्।  यसरी नै हाम्रो स्वाभिमान ट्रस्ट पश्चिम बङ्गाल राज्य समितिकी सञ्चार प्रमुख सुश्री शिला शर्माले आफू पहिला थुप्रै रोगहरूले पीड़ित रहेको बताउँदै योग गर्न थालेदेखि आफू स्वस्थ हुँदै गएकी दावी गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *