सिलगढी : सिलगढी थाना पुलिसले हराएको मोबाइल र ल्यापटप उद्धार गरेर त्यसको असली मालिकलाई सुम्पिदिएको छ। सिलगढीका एकजना पत्रकार अभिजीत सिन्हाको मोबाइल र ल्यापटप हराएपथि तिनले गत 29 जुलाईमा सिलगढी थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले केवल 6 दिनको अवधिमा हराएको मोबाइल र ल्यापटप उद्धार गरेको बताइएको छ। यसपछि आज सिलगढी पुलिसले पत्रकार अभिजीत सिन्हालाई तिनको हराएको मोबाइल र ल्यापटप सुम्पिदिएका छन्। हराएको मोबाइल र ल्यापटप पाएपछि अभिजीत सिन्हा खुसी हुँदै पुलिसलाई धन्यवाद पनि दिए।