हराएको सुनको गर-गहना सहित राशि फिर्ता पाइन् गृहिणीले

सिलगढी : एउटी गृहिणीले हराएको सुनको गर-गहना सहित केही राशि फिर्ता पाइन्। प्राप्त जानकारीअनुसार गत शनिबार राति 35 नम्बर वार्ड वासिन्दा सारथी रायले भक्तिनगर पाइपलाइनमा एउटा ब्याग भेट्टाएको थियो। उक्त ब्यागभित्र सुनको चेन, लकेटसहित केही रुपियाँ रहेको थियो। यसपछि तिनले यसबारे वार्ड को-अर्डिनेटर चन्द्रानी मण्डललाई जनाएपछि तिनको परामर्शअनुसार सारथी रायले उक्त ब्याग गत आइतबार एनजेपी थानामा सुम्पिदिएको थियो। समाचार मार्फत् उक्त गृहिणी अमृता दासले यसबारे थाहा पाएपछि सारथी रायसित सम्पर्क गरेर तिनीसँग एनजेपी थानामा गइन्। एनजेपी थाना पुलिसले प्रमाणको आधारमा गृहिणीलाई उक्त हराएको सुनको गर-गहना लगायत केही रुपियाँ सुम्पिदिए। यसरी हराएको समान फिर्ता पाउँदा तिनी निक्कै खुसी भइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *