हरिमाया छेत्री मेमोरियल च्यारिटेबल ट्रस्टद्वारा सिलगढीको लिम्बु बस्तीमा अस्पतालको निर्माण कार्य शुरू

मिरिक: हरिमाया छेत्री मेमोरियल च्यारिटेबल ट्रस्टले आफ्नो जमीन तथा लगानीमा जनकल्याणको सोंच राखेर सिलगढी नगर निगमको वार्ड नम्बर 42 अन्तर्गत लिम्बु बस्तीमा अस्पताल निर्माण कार्य शुरू गरेको अनि यसको उद्घाटन आगामी 23 नोभेम्बर 2022 को दिन गरिने लक्ष्य राखिएको हरिमाया छेत्री च्यारिटेबल ट्रस्टका चेयरम्यान कृष्ण छेत्रीले जानकारी दिएका छन्। तिनले आज रिपोर्टस कल्ब अफ् मिरिकमा आयोजित एउटा प्रेस भेलालाई सम्बोधन गर्दै यसबारे जानकारी गराए। तिनले भने, उक्त अस्पतालसम्म जाने 600 फीट लामो अनि 14 फीट चौडाई भएको सडक निर्माण ट्रस्टले 70 लाख रूपियाँ खर्च गरेर निर्माण गरेपछि उक्त सडक रेखदेखको लागि सिलगढी नगर निगमलाई लिखित हस्तान्तरण गरेर उक्त सडकको नाम हरिमाया छेत्री पथ राखिदिने अनुरोध गरिएको छ। उक्त हरिमाया छेत्री मेमोरियल ट्रस्टले लगभग डेढ सय करोडको बजटमा निर्माण कार्य शुरू गरेको उक्त अस्पताल सबै वर्ग अनि सबै जातिका मानिसहरूको लागि रहेको जानकारी गराउँदै यसको लाभ पहाड मात्र होइन तर सम्पूर्ण उत्तर बंगालका मानिसहरूले उठाउन सक्ने तिनले बताए। तिनले हाल अस्पतालमा साधरण रोगहरूको मात्र चिकित्सा गर्ने तय गरे तापनि भविष्यमा यसलाई सुपर स्पेसियालिटी अस्पतालको रूपमा स्थापना गर्ने लक्ष्य राखेर ट्रस्टले कार्य गरिरहेको जानकारी गराए। हरिमाया छेत्री मेमोरियल ट्रस्टले स्थापनाकालदेखि नै स्वास्थ लगायत विभिन्न क्षेत्रमा सक्रिय रूपमा कार्य गर्दै आइरहेको कृष्ण छेत्रीले जानकारी गराँउदै सबैजना रोगीहरूले सही समयमा सही प्रकारको चिकित्सा सुविधा प्राप्त गरास् भन्ने उद्देश्यले नै ट्रस्टले अस्पताल निर्माण कार्य थालेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *