नक्सलबारी : नक्सलबारीको चामारूजोतमा हात-खुट्टा बाँधेर झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 20 वर्षीय प्रदीप सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार प्रदीप आज बिहान पानीट्याङ्कीको एउटा ग्यारेजमा काम गर्न गएपछि काम नगरेर तिनी घर फर्किआएका थिए। यसपछि तिनको बोज्युले घरभित्रै हात-खुट्टा बाँधेर झुन्डिएको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। प्रदीपको हत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले सन्देह गरेका छन्।
