हातमा खोपेको मोबाइल नम्बरको सहयोगमा उत्तरप्रदेशबाट निखोज भएका दिव्याङ्ग सिलगढीबाट उद्धार

सिलगढी (निसं): हातमा मोबाइल नम्बर खोपेकोले गर्दा उत्तर प्रदेशबाट निखोज भएका एकजना दिव्याङ्ग युवकलाई सिलगढी थाना पुलिसको पहलमा तिनका परिवारलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको भेनस मोडमा एकजना युवक यताउता घुमफिर गरिरहेको देखेपछि टोटो चालकले उक्त युवकसित कुराकानी गर्न चाहे तापनि युवकले केही भन्न सकेनन्। यसपछि पेट्रोलिङमा निस्केका सिलगढी थानाका एएसआई हरेन महन्तोले यसबारे थाहा पाएपछि तिनले उक्त युवकलाई थानामा लगे। सिलगढी थाना पुलिसले उक्त दिव्याङ्ग युवकसित कुराकानी गर्ने प्रयास गरे तापनि असमर्थ भए। यसपछि उक्त दिव्याङ्ग युवकले हातमा खोपेको मोबाइल नम्बर एएसआई हरेन महन्तोलाई देखाएपछि तिनले उक्त नम्बरमा सम्पर्क गर्दा दिव्याङ्ग युवक उत्तर प्रदेशको मुरादाबाद निवासी रहेको थाहा पाए। एएसआईले दिव्याङ्गको बाबु तौफिक अहमदलाई सिलगढी आएर छोरालाई लैजाने भनेपछि उत्तर प्रदेशको मुरादाबादबाट अरमानको बाबु र काका सिलगढी आइपुगेका थिए। कानुनी प्रक्रियापछि सिलगढी थाना पुलिसले निखोज मोहम्मद अरमानलाई तिनका बाबु तौफिक अहमदलाई सुम्पिदिए। निखोज छोरालाई भेट्टाएपछि तिनका बाबु तथा काकाको मुहारमा खुसी झल्कियो। तिनीहरू द्वयले सिलगढी थानाका एएसआई हरेन महन्तो लगायत सहकर्मीहरूलाई धन्यवाद दिए। स्मरण रहोस्, तौफिक अहमदको दिव्याङ्ग छोरा मोहम्मद अरमान गत 2 दिसम्बरदेखि निखोज थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/