हात्तीहरूलाई हिँड्डुल गर्नको लागि 7 वटा एलिफेन्ट कोरिडर बनाइने : वन मन्त्री ज्योतिप्रिय मल्लिक

अलिपुरद्वार : अलिपुरद्वार र जलपाईगढी जिल्लामा 7 वटा एलिफेन्ट कोरिडर बनाइने भएको छ। वन मन्त्री ज्योतिप्रिय मल्लिक आज मदारीहाटको जलदापाडा एनआईसी-मा आइपुगेपछि यस प्रकारको मन्तव्य पोखेका हुन्। तिनले आज जलदापाडा एनआईसी-मा वन विभागका अधिकारी, जिल्ला परिषदका सभापति तथा अधिकारीहरूसित एउटा बैठक गरे। बैठकको अन्तमा तिनले भने, केही नयाँ परियोजनाहरू बनाइएको छ। अलिपुरद्वारमा 4 वटा र जलपाईगढी जिल्लामा 3 वटा गरेर मोठ 7 वटा एलिफेन्ट कोरिडोर निर्माण गरिरहेको छ। यसको साथै पर्यटन विकासको लागि धेरै नयाँ योजनाहरू रहेको छ। जङ्गल सफारीमा जाने सबै पर्यटकहरूको बीमा गर्ने योजना बनाइएको छ। वनकर्मीहरूको लागि नयाँ हतियार किनिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *