अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बक्सा ब्याघ्र प्रकल्पको छिपरा वनवस्ती इलाकामा हात्तीको हमलामा एउटा घर क्षतिग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार हिजो अबेर राति उक्त इलाकामा एउटा हात्ती पसेर मालती टुडु नाम गरेकी महिलाको घर पूर्ण रूपले क्षतिग्रस्त बनाइदिएको बताइएको छ। उक्त इलाकामा प्रायःजसो हात्तीले आतङ्क मच्चाउने गरेको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्।
