हात्तीको हमलामा गोरूबथानको छोटा फागु प्राथमिक पाठशाला क्षतिग्रस्त

गोरुबथान: गत राति परेको मुसलधारे वर्षाको समयमा जंगली हात्तीले गोरूबथानको छोटा फागु प्राथमिक पाठशाला क्षतिग्रस्त पारिदिएको छ। जंगली हात्तीले पाठशालाको झ्यालहरु लगायत भित्ताहरू नष्ट गरिदिएको छ। उक्त पाठशालाका प्रधान अध्यापिका कमला अधिकारीले यसबारे बताएअनुसार पाठशालाको झ्यालहरु भत्काउँदा ग्रीलहरु भत्किनको साथै पाठशालाको टेबल चेयर तथा अन्य कुराहरु पनि नष्ट भएको छ।


घटनाबारे सम्बन्धित विभागहरूलाई जानकारी गराएको  प्रधान अध्यापिका अधिकारीले बताएकी छन्।  यसै क्रममा वन विभागबाट घटनास्थलमा पदाधिकारीहरु आएर जाँच गरेको बताइएको छ‌। सम्बन्धित विभागले चाँडै पाठशालाको मरमति गरिदियो जावोस् भनी प्रधान अध्यापिकाले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *