हात्तीको हमलामा मानसिक रूपमा अस्वस्थ्य महिला घाइते

बाघडुग्रा (निसं): बाघडुग्रा जङ्गलमा हात्तीको हमलामा मानसिक रूपमा अस्वस्थ्य महिला घाइते भएकी छन्। प्राप्त जानकारी अनुसार उक्त महिला जङ्गलको किनारमा बसिरहेको समय एउटा हात्तीले महिलामाथि हमला गर्दा तिनी घाइते भएको बताइएको छ। घटनापछि घाइते महिलालाई उद्धार गरेर बाघडुग्रा ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। यस सम्बन्धमा रेञ्जर सोनम भुटियाले भने, हाल घाइते महिला स्वस्थ छन्। तर उक्त महिलाको पहिचान जुटाउने सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *