हात्तीको ताण्डवले गाउँलेहरू आतङ्कित

अलिपुरद्वार : अलिपुरद्वारको सामुकतला इलाकामा एउटा वयस्क हात्तीले ताण्डव मच्चाएपछि स्थानीय मानिसहरू आतङ्कित बने। गत राति सामुकतला नर्थ रायडक रेञ्जको कार्तिका इलाकास्थित एउटा गैर सरकारी स्कुलमा एउटा वयस्क हात्तीले लगभग दुई घण्टासम्म ताण्डव मच्चाएर जङ्गलतर्फ गएको बताइएको छ। उक्त इलाकामा प्रायःजसो हात्तीले उत्पात मच्चाउने हुनाले स्थानीय मानिसहरू आतङ्कित बन्नको साथै चिन्तित पनि छन्। उक्त स्कुलमा धेरैपल्ट हात्तीले ताण्डव मच्चाउने गरेको साथै यसबारे वन विभागलाई अवगत गराए तापनि कुनै पहल नगरेको स्कुल कर्तृपक्षको भनाइ रहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.