कालेबुङ: गैर सरकारी संस्था ह्याल्पिङ ह्याण्ड्स-द्वारा शहरको विभिन्न स्थानमा स्टल राखेर सङ्ग्रह गरिएको रकम आज किडनी रोगले पीडित सुनिल सुन्दासको परिवारपक्षलाई हस्तान्तरण गरिएको छ। मोठ सङ्ग्रहित 65 हजार नगद राशी आज संस्थाद्वारा तिनको परिवारजनलाई हस्तान्तरण गरिएको छ। बिरामीको अवस्थालाई मध्यनजर राखेर कम समयभित्र पनि संस्थालाई रकम सङ्ग्रह गर्न अनुमति प्रदान गर्ने कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधानलाई ह्याल्पिङ ह्याण्ड्स-को तर्फबाट विशेष धन्यवाद दिएको छ।
तिनले तत्कालै अनुमति दिएको कारण गर्दा नै संस्थाका सदस्यहरूले केही दिन स्टल राखेर संग्रह गरेको रूपियाँ रोगीको परिवारपक्षलाई प्रदान गरेको बताइएको छ। संस्थाको तर्फबाट स्टलमा आर्थिक सहयोग प्रदान गर्ने सबै सहयोगी महानुभावहरुलाई पनि ह्याल्पिङ ह्याण्ड्स-को तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ।