कालेबुङ: गैर सरकारी संस्था ह्याल्पिङ ह्याण्डस्-ले कालेबुङ शहरको विभिन्न स्थानमा अव्यवस्थित रुपमा थुप्रिएका फोहोर-मैलाहरु साफ-सफाई गरेर व्यवस्थित ढङ्गमा टुङ्गो लगाउन नगरपालिकालाई सहयोग पुऱ्याएको छ। ह्याल्पिङ ह्याण्डस्-ले यस प्रकारको सफाई कार्य पहिलो चोटि गरेको होइन तर विगतमा पनि मैला सफा गर्न मात्र नभएर मैला बोकेर टुङ्गोसम्म पुर्याैउने कार्य गरिसकेको छ। तिनीहरूको भनाई अनुसार मैला फाल्नको निम्ति नगरपालिकाले ढ्वाङ छुटाएर राखिदिएको भए तापनि मानिसहरु जहिले अव्यवस्थित रुपमा मैला थुपार्छन्, आफ्नो दायित्वबोध गरेर मैला छुटाउने अनि फाल्ने कार्य गर्दैनन्। हामीले सहयोग गर्दैछौं भनेर होइन हामी त अझै पनि गर्नेछौं नै तर कुरा जिम्मेवारी बोधको पनि हो। यो कार्यमा जहाँ मैला फालिन्छ त्यहाँका सङ्घ-संस्थाले पनि पहल गरे, मैला फाल्नेहरुलाई उचित सुझाव दिए अनि सके सफाई कार्यमा पनि सहयोग गरे असल हुनेथियो। हामी गर्वले भन्छौं हाम्रो कालेबुङ भनेर तर कार्यरुपमा हाम्रो कालेबुङ बनाउन पहल भने गर्दैनौं। आज ह्याल्पिङ ह्याण्डस्को तर्फबाट सबैलाई नम्र निवेदन गर्दै मैला-कुचैला व्यवस्थित ढङ्गमा फ्याँकीदिने अनि कालेबुङ शहरलाई सुन्दर र स्वच्छ राख्न सम्पूर्ण सङ्घ संस्थाहरु पनि अघि आइदिने अपिल गरेको छ।
