दार्जिलिङ (निसं): हेल्प लाइनको मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एवं निर्वाचित सभासद अजय एडवाडर्सले सिलगढी पुलिस कमिशनर अखिलेश कुमार चतुर्बेदीलाई पत्र पटाएका छन्। गत सोमबार सिलगढीको मतिगढामा एकजना गोर्खा नाबालिकाको निर्मम हत्याको घटनाले सिलगढीमा बसोवास गर्ने गोर्खाहरूले असुरक्षित रहेको अनुभाव गरिरहेको छ। त्यसकारण सिलगढी क्षेत्रमा बसोवासो गर्ने गोर्खा समुदायका मानिसहरूको सुरक्षाको निम्ति एउटा छुटटै हेल्प लाइन नम्बर जारी गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष तथा निर्वाचित सभासद अजय एडवाडर्सले सिलगढी पुलिस कमिशनर अखिलेश कुमार चतुर्बेदीलाई आज पत्राचार गरेको बताइएको छ।