सिलगढी, 12 दिसम्बर: हाइड्रेनको माथि राखिएको मेसिनको फलाम पाइपमा झुन्डिएर आत्महत्या गरेका एकजना व्यक्तिको शव फेला परेको छ। बिहीबार बिहान हाइड्रेन भित्र झुन्डिएको शव देखेपछि स्थानीय वासिन्दामा चकित बन्यो। सिलगढीको झंकार मोड नजिक बिहीबार बिहान विश्वनाथ घोष नामक व्यक्तिको झुन्डिएको शव फेला परेको हो। स्थानीय मानिसहरूले शव झुन्डिएको अवस्थामा देखेपछि त्यसबारे खालपाडा आउटपोस्ट पुलिसलाई जानकारी दिए। यसपछि पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमर्टमको लागि शव उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।
प्राप्त जानकारी अनुसार, मृतक व्यक्ति 7 नम्बर वार्डको विद्यासागर पल्लीमा बस्थे, तिनी टोटो चालकको काम गर्थे। बुधबार राति उनी 100 रुपियाँ लिएर घरबाट बाहिर निस्किए पछि घर फर्केका थिएनन्। रातिसम्म घर नआएपछि उनका परिवारका सदस्यहरूले खोजी गरे तर उनी फेला परेनन्। बिहान झुन्डिएको शव देखेपछि परिवार र पुलिसलाई जानकारी दिइयो। अर्कोतिर, परिवारका सदस्यहरू अनुसार उक्त व्यक्तिले केही व्यक्तिहरूबाट रूपियाँ ऊधारो लिएका थिए र मानसिक तनाउमा थिए।
North Bengal, Siliguri, Uncategorized
हाइड्रेनभित्र झुन्डिएको अवस्थामा टोटो चालकको शव उद्धार
12
Dec
Dec