हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पेशोक शाखा गठन

खरसाङ: दार्जिलिङ जिल्ला अन्तर्गत बन्द पेशोक चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको युनिट कमिटी गठन गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तकलिक पेशोक समष्टिका सभापति मणिप्रसाद राईको अध्यक्षतामा सभा सम्पन्न भयो। उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका केन्द्रीय सभापति करूणा गुरुङ, खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले वक्तव्य राखे।


सभामा केन्द्रीय उप सभापति राजेन प्रधान, खरसाङ महकुमा समितिका सचिव भक्तिमान तामाङ पनि उपस्थित थिए। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पेशोक युनिट कमिटी गठन गरियो जसमा सभापति कल्याण ब्लोन, उप सभापति विवेक तामाङ र सञ्जीव गुरुङ, सचिव हरिमान गुरुङ, सह सचिवद्वय राजीव गुरुङ र धिरेन राई, कोषाध्यक्ष अमृत गुरुङ, सह कोषाध्यक्ष कुमार गुरुङ र निरज ब्लोन, सल्लाहकारमा बीबी गुरुङ, रबीन राई, भीम गुरुङ, प्रवीण राई र मिलन गुरुङ लगायत 17 जना कार्यकारी सदस्यहरू सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *