हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन सिङ्गेल शाखा गठन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुङ्ग सन्तमेरिज समष्टिको सिङ्गेल चिया बगानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन समितिको एउटा सभा केन्द्रीय समितिका अध्यक्षा करूणा गुरूङको अध्यक्षतामा आज सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै करूणा गुरूङले अघिका दिनहरूमा केही समस्याहरू भएकोले हामीले कार्यक्रम गर्न सकिरहेका थिएनौं तर अब हामीले हाम्रो आफ्नो पञ्जीकृत संख्या पाइसकेका  छौं र चिया बगानमा खटिखाने श्रमिकहरूको हितको निम्ति हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियनले कार्य गर्नेछ साथै निष्क्रिय शाखाहरूलाई चाँडै सक्रिय बनाएर कार्य गर्ने महकुमा समिति अनि जोनल कमिटीहरूलाई कड़ा निर्देश दिएकी छन्। सभामा श्रमिकहरूको समस्यालाई ध्यानमा राख्दै सिङ्गेल शाखामा हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन शाखा गठन गरियो। यस शाखामा सभापति संजीब सुब्बा, उप सभापति राकेश राई, सचिव मिलन शर्मा, सहसचिव असिम थापा, प्रमुख सल्लाहकार उत्तम लामा र दयालाल राई लगायत 21 जनाको कार्यकारिणी सदस्यहरू लिएर शाखा गठन गरियो। सभामा विशेष रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समिति सभापति अनोश थापा, हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन खरसाङ महकुमा समिति सभापति सागर गुरुङ, सचिव भक्तिमान तामङ, टुङ्ग सन्तमेरिज समष्टि युवा शक्ति सचिव दिपेश तामाङ, जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राईनारी शक्ति सचिवा अरूणा थापा लगायत स्थानीय प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *