हिल तराई प्राथमिक शिक्षण संगठन बिजनबारी सर्कलको पुनर्गठन

बिजनबारी: आज एउटा सभाको साथमा हिल तराई प्राथमिक शिक्षक संगठन बिजनबारी सर्कल पुनर्गठन गरियो। सन् 2017 सालदेखि शुरू भएको उक्त भातृ संगठन कमिटीको मियाद पुरा भएकोले पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। संगठनका केन्द्रिय पदाधिकारीहरू लगायत पर्यवेक्षकको रूपमा गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल तथा पार्टी प्रतिनिधिहरू सिरिमान राई, मिलन छेत्री लगायत सर्कल अधीनस्थ विभिन्न स्कुलका प्रतिनिधि शिक्षकहरूको उपस्थितिमा नयाँ कार्यकारिणी समिति गठन गरियो। उक्त नयाँ कमिटीमा सभापति प्रकाशचन्द्र सुब्बा, उप-सभापति गोपाल शर्मा र शिव दर्जी, मूल सचिव पहलमान तामाङ, सचिवद्वय दिलीप तामाङ र रुकमान सुब्बा, कोषाध्यक्ष दिलमाया दर्जी लगायत केन्द्रिय समिति सदस्यहरूमा पीबी राई, मोतिलाल शर्मा, नवराज राई लगायत सल्लाहकार समितिहरूको चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş