मिरिक : हिल टीएमसीका पूर्व अध्यक्ष राजेन मुखियाले पार्टीबाट राजिनामा दिएका छन्। पार्टीमा क्याडरको कुनै महत्व नरहेको साथै आउँदो विधानसभा चुनाउमा पार्टीले दार्जिलिङ, खरसाङ र कालेबुङ विधानसभा क्षेत्रबाट तृणमूलको प्रार्थी खडा नगर्ने भएकोले आजदेखि टीएमसी पार्टीबाट राजिनामा दिएको तिनले बताए। भविष्यमा कुनै पनि पार्टीमा सामेल हुने हो अथवा नयाँ पार्टी खोल्नेबारे चाँडै निर्णय लिने तिनले बताए।