हिमाचल प्रदेशको चुनाउमा जीत हासिल गरेकोमा काङ्ग्रेसले निकाल्यो सिलगढी सहरमा विजय रेली

सिलगढी (निसं): हिमाचल प्रदेश विधानसभा चुनाउमा काङ्ग्रेसले जीत हासिल गरेकोमा आज सिलगढी सहरमा काङ्ग्रेस कार्यकर्ताहरूले खुशीयाली मनाउनको साथै एउटा विजय रेली पनि निकाले। हिमाचल प्रदेशमा सम्पन्न चुनाउमा काङ्ग्रेस पार्टीले अधिक मतले जीत हासिल गरेपछि हिमाचलको जनतालाई धन्यवाद साथै बधाई दिनको लागि आज दार्जिलिङ जिल्ला काङ्ग्रेसको तर्फबाट सिलगढीको हाशमी चौकस्थित काङ्ग्रेस जिल्ला कार्यालय अघिबाट एउटा रेली निकालेर विभिन्न इलाकाको परिक्रमा गऱ्यो। उक्त रेलीमा काङ्ग्रेस कार्यकर्ताहरू तथा समर्थकहरू लगायत काङ्ग्रेस नेता शंकर मालाका, जिल्ला युवा काङ्ग्रेस अध्यक्ष रोहित तिवारी आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *