हिमालयन नेचर एन्ड एडभेञ्चर फाउन्डेशनको तर्फबाट ज्ञापन

सिलगढी: हिमालयन नेचर एन्ड एडभेञ्चर फाउन्डेशनले विभिन्न मागलाई लिएर पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डका क्षेत्रीय निर्देशकलाई एउटा ज्ञापन सुम्पिएको छ। फाउन्डेशनका सदस्यहरूले आज ज्ञापन सुम्पिएपछि एउटा पत्रकार सम्मेलनको आयोजना गरेर महानन्दा नदीमा प्रदूषणको स्तर लगातार बढ़िरहेको दावी गरे।  महानन्दा नदीलाई पहिला नै ग्रीन ट्रिब्यूनलद्वारा राज्यमा प्रदूषित नदीको रूपमा चिन्हित गरिसकेको छ। उत्तर बंगालको विभिन्न नगर पालिकाहरूमा अपशिष्ट प्रबन्धनको कमीले गर्दा आर्द्रभूमि कूड़ादानमा परिणत भइसकेको छ। ध्वनि प्रदूषण मामिलामा सिलगढी अनि सम्पूर्ण उत्तर बंगालमा वाहनहरूमा प्रयोग गरिने एयर हर्न अनि इलेक्ट्रोनिक हर्नको प्रयोग गर्न कानूनन प्रतिबन्धित रहेको बताए।  अदालतको आदेश रहे तापनि पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्ड आफ्नो भूमिकाबाट टाढा रहेको आरोप लगाए। पर्यावरणलाई बचाउनको लागि हिमालयन नेचर एन्ड एडभेञ्चर फाउन्डेशनले 3 मईको दिन राज्यको तीन ठाउँमा धरना कार्यक्रमको आयोजना गरिने भएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *