राजगञ्ज : रङ्गको पर्व मानिने होली आउन अब केही दिन मात्र बाँकी रहेको छ। यसैले फुलबारी अबीर कारखानाका श्रमिकहरू हाल अबीर बनाउन व्यस्त छन्। कोरोना महामारीले गर्दा गत दुई वर्ष अबीरको माग बेसी नरहे तापनि हाल कोरोना संक्रमणमा कमी रहेकोले गर्दा बजारमा अबीरको माग निक्कै रहेको छ। यसैले गर्दा यस वर्ष लाभको आशामा सिलगढी संलग्न फुलबारी सिमान्त इलाकास्थित चम्पदगछको एउटा कारखानामा श्रमिकहरू अबीर बनाउन व्यस्त छन्। उक्त कारखानाका एकजना कर्मचारी जीवन मण्डलले बताएअनुसार प्रत्येक वर्ष होलीको समयमा दुई महिनाअघि नै अबीर तयारी भइसकेको हुन्थ्यो भने यसको लागि 15-20 जना श्रमिकहरूले काम गर्ने गर्थे।

तर गत वर्ष अबीर तयारी गरे तापनि यसको बिक्री राम्रो नभएकोले गर्दा यस वर्ष कारखानाका मालिकले अबीर कम्ती बनाउने निर्देश दिएको तिनले बताए। तर यस वर्ष बजारमा अबीरको निक्कै माग रहेको बताउँदै तिनले उक्त कारखानामा बनाइएको अबीर सिलगढी, जलपाईगढी, माल बजार, ईस्लामपुर लगायत अन्य विभिन्न ठाउँमा बिक्री हुने गर्दछ। अबीर बनाउनको लागि प्रत्येक वर्ष भुटानबाट सामग्रीहरू ल्याउने गरे तापनि यस वर्ष कारखानामै अबीर बनाउने सामग्रीहरू रहेकोले गर्दा यसबाटै अबीर बनाएको तिनले बताए।
