होली क्रस स्कूल सोनादाको उच्च माध्यमिक परीक्षामा राम्रो परिणाम

सोनादा (निसं) : यसपालीको उच्च माध्यमिक परीक्षामा सोनादाको होलीक्रस कन्या उच्चतर माध्यमिक विद्यालयले उत्कृष्ट परिणाम प्राप्त गरेको छ। होली क्रस विद्यालयको जम्मा 149 जना विद्यार्थीले यसपालीको उच्च माध्यमिक परीक्षा दिएका थिए, जसमा विद्यार्थी मोहिका लिम्बुले 92 प्रतिशत अङ्क ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएका छन्। बिजनबारी निवासी पिता राजेन लिम्बु र माता लछी लिम्बुकी सुपुत्री मोहिका लिम्बुले यसपालीको उच्च माध्यमिक परीक्षामा 92 प्रतिशत अङ्क ल्याएर प्रथम दर्जामा उत्तीर्ण भई स्कूलको नाम रोशन गरेकी छन्। त्यसरी नै धोतरिया अफिस गाउँ निवासी पिता बीरेन प्रधान र माता रिना प्रधानकी सुपुत्री रिया प्रधानले उच्च माध्यमिक परीक्षामा 91.6 प्रतिशत अङ्क ल्याएर प्रथम दर्जामा उत्तीर्ण भई आफ्नो स्कूल होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय सहित आफ्नो गाउँ र परिवार साथै सोनादा क्षेत्रलाई नै गौरान्वित बनाएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *