होलोङ्ग बङ्ग्लो अग्निकाण्ड:  वन राज्य मन्त्री बिरबाहा हांसदा उत्तर बंगालको भ्रमणमा

सिलगढी (निसं): होलोङ्ग फरेस्ट बङ्ग्लो भयानक आगो लागेर जलेपछि भष्म भएको छ। उक्त घटना पछि वन राज्य मन्त्री बिरबाहा हांसदा आज उत्तर बंगाल भ्रमणमा आइपुगेका छन्। वन राज्य मन्त्री बिरबाहा हांसदा शनिवार कोलकाताबाट विमानमा सवार भएर बाघडुग्रामा ओर्लिए। यसपछि तिनी वाहनमा सवार भएर सडक मार्ग हुँदै अलीपुरद्वारको लागि प्रस्थान गरे। सूत्र अनुसार, होलोङ्ग बङ्ग्लो अग्निकाण्डको घटनालाई लिएर वन राज्य मन्त्रीले वन विभागका अधिकारीहरूसित बैठक गर्नेछन्।


अलीपुरद्वार प्रस्थान गर्न अघि वन राज्य मन्त्री बिरबाहा हांसदाले बाघडुग्रामा पत्रकारहरूलाई भने, होलोङ्ग बङ्ग्लो अग्निकाण्ड विषयमा जाँच चलिरहेको छ। जाँच गर्नको लागि पनि टीम गठन गरिएको छ। जबसम्म जाँच पूरा हुँदैन, तबसम्म केही भन्न सकिँदैन। वन बङ्ग्लोहरूको हेरचाहलाई लिएर हिजो एउटा महत्वपूर्ण बैठक भएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *