दार्जिलिङ: दार्जिलिङ पहाडको चिया बगानका श्रमिकहरुको पुजा बोनस बिषयलाई लिएर मालिक पक्षसँग गरिएका बैठकहरु एकपछि अर्को गर्दै असफल हुँदै गइरहेको छ भने यता श्रमिकहरूले चिया बगानहरुमा गेट मिटिङ लगातार रुपमा जारी राखेका छन्। यसै क्रममा हिज 21 सेप्टेम्बरको दिन सिलगढीको डांगापुरमा बोनस सम्बन्दी बसेको सभामा मालिक अनि सरकारले लिएका दुई किस्ता बोनसको घोर विरोध जनाउनको साथै भोलीदेखि सम्पूर्ण एएलसी कार्यालयहरू घेराउ गर्ने भागोप्रमो-को श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन केन्द्रीय अध्यक्ष जेबी तामाङले चेतावनी दिएका छन्। यसको साथै प्रत्येक वर्ष नै चिया बगान मालिकहरुको चिया श्रमिकहरू माथि अत्याचार बढदै गइरहेको आरोप लगाउँदै तिनले भने, यदि चिया बगानका मालिकहरुले श्रमिकहरूको साहुलियत दिन सक्दैन भने सरकारले त्यो चिया कम्पनीको लीज रद्द गरेको हुनुपर्छ भन्ने हाम्रो माग छ।
