सुकेपोखरी : अनुज्ञालय डीएसएसएस दार्जिलिङको पहलमा पोख्रेबुङ नागरी क्षेत्रमा गठन गरिएको चिल्ड्रेन क्लबहरूले माथिल्लो तहको निर्देशन तथा आ-आफ्नो क्षमता अनुरूप बाल अधिकार एवम् बाल सुरक्षाको दिशामा सशक्त बनेर विभिन्न कार्यक्रम आयोजना गर्ने क्रम जारी छ। यस अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता, नृत्य प्रतियोगिता, स्पेलिङ टेस्ट, खेलकूद जस्ता कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ।
यसै क्रममा नवोदय चिल्ड्रेन क्लब नागरी फार्मले ह्युमन ट्राफिकिङ उन्मूलन गर्नुपर्ने विषयलाई केन्द्र गरेर विभिन्न सन्देश लेखिएको प्ला कार्ड बोकेर एउटा ऱ्यालीको आयोजना गरेर क्षेत्रको परिक्रमा गर्यो। वर्तमान समयमा समाजमा जल्दो-बल्दो समस्या बनेको ह्युमन ट्रफिकिङ उन्मूलन गर्न चिल्ड्रेन क्लबको पनि विशेष भूमिका रहेको ठहर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ।