सुकेपोखरी : सरकारी योजनाबाट नानीहरूलाई उपलब्ध गराएको पौष्टिक आहार पोख्रेबुङ नागरी क्षेत्रको आईसीडीएस केन्द्रले मासिक रूपमा अविभावकहरूलाई वितरण गर्दै आइरहेको छ। विशेष कोरोना महामारीले गर्दा अनिश्चित समयको लागि आईसीडीएस केन्द्र बन्द राख्ने निर्देश जारी गरेपछि अविभावकहरूलाई पौष्टिक आहार दाल, चामल र आलु मासिक रूपमा प्रदान गर्दै आएको नागरी फार्म भालुखोप स्कुल गाउँ आईसीडीएस कर्मी अवेशना मुखियाले जानकारी दिएकी छन्।