ईदको अवसरमा मुस्लिम समुदायका मानिसहरूद्वारा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा नमाज अदा

सिलगढी : देशमा मुस्लिम समुदायका मानिसहरूले आज ईद पालन गरिरहेको छ। आज बिहानदेखि नै मस्जिदहरूमा ईदको नमाजको लागि मानिसहरू भेला भएका थिए। मानिसहरूले एकाअर्कालाई ईदको शुभकामना दिइरहेका छन्। हिजो 21 अप्रेलको साँझ भारतमा ईदको चाँद देखापरेपछि रमजानको महिना पुरा भएको छ। देशभरिमा झैँ यता सिलगढीमा पनि धुमधामको साथमा ईदको पर्व मनाइरहेको छ। ईदको अवसरमा आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मैदानमा मुस्लिम समुदायका मानिसहरूले ईदको नमाज अदा गरे। यसको साथै साम्प्रदायिक मतभेदहरूलाई भुलाएर सबैजना एकसाथ रहने पनि सन्देश दिए। ईद अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर पुलिसद्वारा कठोर सुरक्षा व्यवस्था गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *