मिरिक: लेप्चाहरूको सङ्गठन इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसन (इल्टा) मिरिक महकुमा समितिले आगामी जीटीए चुनाउमा मिरिक महकुमाका तृणमूल कङ्ग्रेस प्रार्थीलाई सहयोग गरेर अधिक भोटले विजय बनाउने प्रतिबद्धता प्रकट गरेको छ। आज एउटा सभाको आयोजना गरेपछि इल्टा मिरिक महकुमा समितिले उक्त निर्णय लिएको कुरा सङ्गठनका नर्बु लेप्चाले बताएका छन्। यस अवसरमा इन्डिजीनियस लेप्चा ट्राइबल एसोसिएसन-का अध्यक्ष बिरला लेप्चा, बुद्ध छिरिङ लेप्चा, ओङ्गे लेप्चा, प्रेम छिरिङ लेप्चा, सुकदेन लेप्चा आदि प्रमुख रूपमा उपस्थित थिए।