आईएनटीटीयुसी-द्वारा रक्तदान एवम् स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : सिलगढीको टाउन ब्लक 3 आईएनटीटीयुसी-को पहलमा तथा सिलगढी लायन्स नेत्रालय र उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालको सहयोगमा रक्तदान शिविर, आँखा जाँच र स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। एनजेपी स्टेसन संलग्न सिलगढी टाउन ब्लक 3 आईएनटीटीयुसी कार्यालयमा शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गर्नको साथै स्वास्थ्य जाँच गरे। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल र लायन्स क्लबको ब्लड ब्याङ्कमा पठाइनेछ। यस अवसरमा सिलगढी टाउन ब्लक 3 आईएनटीटीयुसी-का अध्यक्ष सुजय सरकारले भने, रगतको आवश्यकता भएको सिलगढीका मानिसहरूलाई ध्यानमा राखेर उक्त शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा आईएनटीटीयुसी-का सदस्यहरूले रक्तदान गरे। उक्त शिविरमा सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom