आईपीएल-मा सट्टा लगाउने चारजना जुवाडे सिलगढीबाट पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले सिलगढीमा आईपीएल-को नाममा चलिरहेको सट्टा बजारको खुलासा गरेको छ। यस मामिलामा एसओजी-ले सिलगढी पुलिससित संयुक्त अभियान चलाएर  यहाँको सुभाष पल्ली इलाकाको एउटा दोकानबाट चारजना सट्टेबाज (जुवाडे) लाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा गौर कुन्डु, शंकर शीलअरिन्दम साहा र विपलब मजूमदार सामेल छन्। तिनीहरू सबैजना सिलगढीको डाबग्राम शक्तिगढ़, शान्ति नगर इलाका निवासी रहेको बताइएको छ। पक्रा परेका जुवाडेहरूबाट पुलिसले सात वटा मोबाइल फोन, एउटा नोटबुक  र 1.66 लाख रूपियाँ नगद उद्धार गरेको छ। एसओजी-ले आरोपीहरूलाई पक्राउ गरेपछि गैर कानुनी रूपमा सट्टा लगाएको आरोपमा मामिला दर्ता गरेर सिलगढी थानालाई सुम्पिदिएको छ। आज सिलगढी पुलिसले ती चारैजना आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *