जबसम्म श्रमिकहरूको पक्ष सुन्दैन तबसम्म अनशन जारी राख्नेछु: अजय एडवार्डस

दार्जिलिङ: रंगीट चियाकमानका श्रमिकहरूले न्यायको माग गर्दै शुरू गरेको क्रमिक अनशनले आज तेस्रो दिन हो। आज 10 जना श्रमिकहरू यान्जी तामाङ, यमुना तामाङ, सुदेशना राई, शान्ति तामाङ, लिली तामाङ, अन्जु गुरूङ र मिना रसाईलीले क्रमिक अनशनमा अंश ग्रहण गरेकी छन्। गत केही दिनअघि बन्द रंगीट चियाकमानलाई लिएर सिलगढीमा एउटा बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा श्रमिक संगठनहरू लगायत रंगीट गाउँ सुधार सम्मेलनलाई पनि निम्ताएको थियो। बैठकको टेबलमा गाउँ सुधार सम्मेलनको पक्षबाट नौ सूत्रीय माग पत्र प्रस्तुत गरेपछि उक्त प्रस्तावलाई अनदेखा गर्दा सम्मेलनको कार्यकर्ता एवम् नेतृत्वहरूले बैठक छोडेर निस्केका थिए। 


बैठकमा बन्द रंगीट चियाकमान खोल्ने सम्झौता भएको थियो। रंगीट चियाबगानका श्रमिकहरू साथै रंगीट गाउँ सुधार सम्मेलनले बैठकको सम्झौतामाथि आपत्ति जनाउँदै श्रमिकहरूको पनि दुखेसो सुन्न पर्छ भन्ने माग गर्दै आइरहेको छ। जबसम्म श्रमिकहरूको दुखेसोलाई सुन्दैन तबसम्म क्रमिक अनशनलाई यथावत् राख्ने घोषणा गरेको छ। क्रमिक अनशनले आज तेस्रो दिन टेकेको छ। अर्कोतिर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनकी धर्म पत्नी नम्रता एडवार्डसको अनशन पनि जारी छ। अजय एडवार्डस र तिनकी धर्म पत्नी नम्रता एडवार्डसले जबसम्म श्रमिकहरूको पक्ष सुन्दैन तबसम्म आफूहरूले अनशन जारी राख्ने घोषणा गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *