सिलगढी : डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेसको तर्फबाट आज डा. बीआर अम्बेडकरको 131औँ जन्मजयन्ती पालन गरियो। आज 2 नम्बर डाबग्राम अन्तर्गत जाबराभिटाको बीआर अम्बेडकर कोलनीमा एउटा कार्यक्रमबीच डा. बीआर अम्बेडकरको जन्म जयन्ती पालन गरियो। डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेस सभारति सागर महन्तले डा. अम्बेडकरको तस्विर फुल-माला लगाइ दिएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मानिसहरूलाई मास्क पनि वितरण गरियो।
