जलपाईगढी : जलपाईगढी जिल्ला परिषद्को नयाँ सभाधिपतिको पदमा कृष्णा राय बर्मन र सहकारी सभाधिपतिको पदमा सीमा चौधुरीलाई चयन गरियो। जलपाईगढी जिल्ला परिषदको 24 वटा आसनमध्ये 24 वटै आसनमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेको थियो भने सभाधिपति तथा सहकारी सभाधिपति कसलाई चयन गरिनेछ भन्ने विषयलाई लिएर विभिन्न अड्कलबाजी लगाइरहेको थियो। आज जिल्ला परिषदको पेक्षागृहमा सिलगढीका मेयर गौतम देवको उपस्थितिमा सभाधिपति तथा सहकारी सभाधिपतिको नाम घोषणा गरियो। कृष्ण राय बर्मन सभाधिपति र सीमा चौधुरीलाई सहकारी सभाधिपतिको पदमा चयन गरियो। आज जिल्ला परिषदको नवनिर्वाचित विजयी उम्मेदवारहरूले सभाघरमा शपथ ग्रहण गरे।