जलपाईगढीको गाजलडोबा टिस्टा बेराजमा बगायो हात्तीको झुण्ड  

गाजलडोबा (निसं):टिस्टा नदीले हात्तीहरूको हुललाई बगायो। घटना मंगलवार राति लगभग 11 बजे जलपाईगडीको गाजलडोबा टिस्टा बेराजमा घटेको हो। प्राप्त जानकारी अनुसार पानीको तीव्र बहावले गर्दा नदीमा बग्दै-बग्दै आएर हात्तीहरूको एउटा हुल गाजलडोबा टिस्टा बेराजको लक गेटमा फँस्यो। पानीको बहाव अधिक तीव्र गतिमा भएकोले हात्तीहरूको हुल बाँच्नको लागि संघर्ष गर्दै गरेको देखियो। यस अवधि पानीको बहावमा हात्तीहरूलाई लक गेटमा बारम्बार ठक्किँदै गरेको देखियो।


यस प्रकारको दृश्य स्थानीय मानिसहरू लगायत बेराज कर्मीहरूले देखेपछि तत्कालै हात्तीहरूलाई बचाउनको लागि प्रयास शुरू गरे। तथापि, लक गेटको मुहानमा पानीको बहाव अधिक भएकोले गर्दा हात्तीहरूलाई बचाउन सकेन। अन्तमा, हात्तीहरूलाई बचाउनको लागि लक गेट खोल्नु पऱ्यो। पानीको गेट खोलेपछि हात्तीहरूलाई पानीले बगाएर नदीको पारी किनारमा पुऱ्यायो अनि यसपछि सुरक्षित स्थानमा चढेर हात्तीहरू त्यहाँबाट जंगल तर्फ लागेको देखियो।  

 


 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş