जलपाईगढीमा 9 फीट लामो अजिङ्गर उद्धार

जलपाईगढी (निसं): जलपाईगढीको बसुनिया पाडामा 9 फीट लामो अजिङ्गर उद्धार गरिएको छ। भ्यागुता खाइरहेको समय देखेपछि उक्त अजिङ्गरलाई पक्रिएको बताइएको छ। जलपाईगढी जिल्लाको बारोपटिया ग्राम पञ्चायत अन्तर्गत बसुनिया पाडामा अजिङ्गरलाई लिएर आतंक फैलिएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले इलाकामा भ्यागुता खाइरहेको समय अजिङ्गर देखे।  यसपछि उक्त अजिङ्गर गाउँको पोखरीमा गयो। यसपछि स्थानीय मानिसहरूले पोखरीमा पम्प लगाएर त्यहाँबाट पानी कम्ती गरे अनि अजिङ्गरलाई पक्रिए अनि वन विभागलाई यसको सूचना दिए। सूचना पाएर वन विभागका अधिकारी घटनास्थलमा पुगेपछि स्थानीय मानिसहरूले अजिङ्गर तिनलाई सुम्पिदिए। उक्त अजिङ्गरलाई सुरक्षित घना जंगलमा लगेर छोडिदिने वन विभाग अधिकारीले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom