जलपाईगढीमा मास्क नलगाई जिल्लाशासक कार्यालयमा आएका मानिसहरूको कोभिड टेस्ट शुरू

जलपाईगढी: जलपाईगढी जिल्लाशासक कार्यालयमा मास्क नलगाई आएका मानिसहरूको जिल्ला प्रशासनको तर्फबाट कोभिड टेस्ट गर्न शुरू गरेको छ। जिल्ला प्रशासनले पुलिस तथा स्वास्थ्य विभागको साथमा आजदेखि मास्क नलगाई कार्यालयमा आएका मानिसहरूको कोभिड टेस्ट गर्न शुरू गरेको बताइएको छ। कोभिड टेस्टको रिपोर्ट पोजेटिभ आएको खण्डमा सोझै अस्पताल लैजाने प्रशासनले निर्णय लिएको छ। आज मास्क नलगाई जिल्लाशासक कार्यालयमा आएका धेरैजना मानिसहरूको कोभिड टेस्ट गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *