जल परियोजना कार्यको सभासद मिलेस राईद्वारा मिरिक थर्बुमा निरीक्षण

मिरिक (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको मिरिक थर्बु डुप्टिन समष्टीका पीएचई भारप्राप्त सभासद मिलेस राईले मिरिक महकुमा अन्तर्गत थर्बु चन्द्रमान गाँउमा घर-घर जल योजनामार्फत भइरहेको जल परियोजना निर्माण कार्यको स्थलगत भ्रमण साथै निरीक्षण गरे। निर्माण कार्यप्रति खुशी प्रकट गर्दै सभासद मिलेस राईले जल परियोजनाको कार्य गुणस्तरीय हुनपर्ने अनि आम नागरिकले आ-आफ्नो घरमैं पानी पाउनु पर्ने कुरोमा जोड दिए। यस अवसरमा सभासद मिलेस राईले भने, सरकारले आम नागरिकको लागि शुरू गरेको जल परियोजनामा सही प्रकारले काम भएर आम जनताले यसको लाभ उठाउँन सकोस् भन्ने मेरो चाहना छ। जल नै जीवन भएको कारण जल संरक्षणमा पनि हामीले जोड दिनुपर्छ।तिनले चन्द्रमान गाँउमा उक्त परियोजनाको कार्य समाप्त भएपछि गाउँवासीले लामो समयदेखि भोग्दै आइरहेको पानीको समस्या पनि समाधान हुनेछ। तिनले उक्त जल परियोजना मार्फत मिरिकको थर्बु डुप्टिन समष्टिको अन्य ठाँउमा पनि कार्य भइरहेको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş