जङ्गलबाट नग्न अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): मतिगढा थाना अन्तर्गत चाँदमुनि इलाका संलग्न रेलवे लाइन किनार जङ्गलबाट  नग्न अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार भएपछि इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले जङ्गलमा उक्त व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर मतिगढा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। तथापि, खबर लेखुञ्जेलसम्म मृतकको परिचय जुटाउने सकेको छैन। पुलिस सूत्रले दिएको जानकारी अनुसार व्यक्तिको शरीरमा कुनै चोटको निशान छैन। व्यक्तिले आत्महत्या गरेको अथवा हत्या भएको हो भन्ने विषयमा हाल रहस्य नै छ। पोस्टमार्टमको रिपोर्टपछि मात्र मृत्युको सटीक कारण थाहा लाग्ने बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet