जंगली हात्तीको हमलामा घर क्षतिग्रस्त   

राजगञ्ज: राजगञ्ज  ब्लकको मन्तादारी ग्राम पञ्चायतको मिलनपल्ली गाउँमा गत राति एउटा जंगली हात्तीले हमला गर्दा एउटा घर क्षतिग्रस्त भएको छ। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार जंगलबाट गाउँमा भोजनको खोजीमा राति पसेको हात्तीले सबैभन्दा पहिला प्रहलाद सरकारको घरमा हमला गरे। यसपछि थुप्रै रूखहरू पनि भच्याइ दिएको जानकारी प्राप्त भएको छ। प्रहलाद सरकारले घटनाको जानकारी दिए अनुसार गत अबेर राति अचानक जोडको आवाज सुनेपछि तिनको निन्द्रा खोलियो। यसपछि दैलो बाहिर हेर्दा तिनले जंगली हात्ती घरको आँगनमा उभिएको देखे। इलाकामा अधिकजसो समय हात्ती आउने गरेको साथै हात्तीले धेरै उत्पात मच्चाउने गरेको पनि तिनले जानकारी गराएका छन्।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *