जङ्गली हात्तीको झुण्डले उत्पात मच्चाएर फसलहरू नष्ट

नक्सलबारी : नक्सलबारी प्रखण्ड अन्तर्गत पर्ने किलारामजोतमा गत अबेर राति जङ्गली हात्तीको झुण्डले उत्पात मच्चायो। स्थानीय सागर छेत्रीले बताएअनुसार एकातिर कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्नको लागि राज्यमा जारी लकडाउनले गर्दा निक्कै असुविधा झेल्नपरिरहेको छ भने अर्कोतिर हात्तीको झुण्ड किलाराम जोत क्षेत्रको विभिन्न ठाउँमा पसेर ताण्डव मच्चाइरहेको छ। हिजो अबेर राति जङ्गली हात्तीको झुण्ड किलाराम जोतमा पसेर लगभग तीन चार बीघा जमिनमा लगाइएको फसलहरू नष्ट गरिदिएको छ। उक्त हात्तीको झुण्डले मकैको खेत नष्ट गरिदिएको छ भने सम्बन्धित विभागले यसबारे उचित कदम उठाउनु आवश्यकता रहेको तिनले बताए। यसको साथै कृषकहरूले फसल बचाउनको लागि वन विभागलाई उचित कदम उठाउने साथै हात्तीले नष्ट गरिदिएको फसलको क्षतिपूर्ति दिनुपर्ने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO