जङ्गलमा पशुपक्षीको सिकार गर्न गएका युवक पक्राउ

सिलगढी: जङ्गलमा पशुपक्षीको सिकार गर्न गएका एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक भेलकीपाडा निवासी 20 वर्षीय विष्णु दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका कर्मचारीहरूले फाराबारी इलाकामा टहलदारी गरिरहेको समय एकजना युवकले जङ्गलमा पशुपक्षीहरूको शिकार गरिरहेको देखे। उक्त युवकले जङ्गलमा आगो लगाएर पशुपक्षीहरूको शिकार गरिरहेको थियो। वनकर्मीहरूले उक्त युवकलाई पक्रनको साथै एउटा थैलाबाट क्याटिस र पक्षीहरूको शिकार गर्नको लागि 235 वटा ढुङ्गा उद्धार गरेको बताइएको छ। यस सम्बन्धमा एडीएफओ देवाशीष कुमार भन्जले भने, उक्त युवकलाई यसभन्द अघि पनि जङ्गलमा भेट्टाइएको थियो। त्यस समय कुनै प्रमाण बिना तिनलाई पक्राउ गर्न सकिएको थिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *