जङ्गपानामा 15 वर्षभन्दा कम उमेरकाहरूलाई लिएर अनित थापाले गरे फुटबल खेलको आयोजना

खरसाङ : पाँचौँ चरणको विधानसभा चुनाउ अन्तर्गत पहाडको तीन आसनमा मतदान भएको ठिक एकदिन पछि आज गोजमुमो महासचिव अनित थापाले साना नानीहरूलाई लिएर फुटबल खेलको आयोजना गरे। खरसाङ सहरदेखि लगभग 45 मिनट टाढोमा रहेको जङ्गापाना कमानको खेल मैदानमा 15 वर्षभन्दा कम उमेरका नानीहरूलाई लिएर आज फुटबल खेलको आयोजना गरेको देखियो। यस फुटबल खेलमा सिटीका आवाजसँगै नानीहरूको अनि महिलाहरूको आवाज पनि सुनियो तर हिजोसम्म चुनाउ प्रचारको निम्ति फुकेको सिटीभन्दा आज खेल मैदानमा रेफरीले फुकेको सिटीको आवाज अलग र भिन्न थियो। चुनाउ सम्पन्न हुन अघिसम्म भोटको अपील गर्दै गोजमुमो महासचिव अनित थापाको पहलमा सिटीको चिन्हमा मतदान गर्न मानिसहरूलाई आहवान गरिएको थियो भने आज ती सिटी फुक्नकै लागि नानीहरूलाई लिएर खेल मैदानमा फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो।


फुटबल खेलको आयोजना किन गरिएको हो भन्ने प्रश्न गर्दा अनित थापाले भने, हामी पहाडलाई विकासको मार्गमा लैजाने कुरा गर्छौँ तर विकास भनेको भौतिक विकास मात्र होइन। हामीले सोचेको विकास सर्वाङ्गीण विकास हो। यहाँ विकास सोचमा हुनुपर्छ, मानिसमा हुनुपर्छ, बौदिक विकास हुनुपर्छ, स्वास्थ्य क्षेत्रमा विकास हुनुपर्छ, विकसित पहाडको भविष्य भनेको नै यी नानीहरू हुन्, पहाडलाई विकसित गर्नु भनेको यी नानीहरूको विकास हुनुपर्छ। 15 वर्षभन्दा मुनिका नानीहरूलाई लिएर आज आयोजना भएको फुटबल खेल आफ्नो सोचको एउटा प्रयास रहेको साथै यी नानीहरूमा आफूले नयाँ पहाड देखेको अनित थापाले बताए। तिनले अझ भने, नयाँ पहाडमा नयाँ सोच, नयाँ कौशल, नयाँ दृष्टिकोण राख्ने नयाँ पिँढीको जन्म होस्। यत्रो दिनसम्म चुनाउमा खटेपछि थाक्नु भो होला, अब विश्राम कहिले लिनुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा तिनले भने, भोट आउँछ अनि जान्छ, तर नेतृत्व कहिले थाक्नु हुँदैन। यदि पहाडको नेतृत्व नै थाके पहाड कसरी अघि बढ्नेछ भन्दै उल्टो तिनले प्रश्न तेर्साए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş