दार्जिलिङ (निसं): मतदाताहरूको मतको सम्मान हुँदैन भने चुनाउ होइन टेन्डर गर भन्दै गोजमुमो अध्यक्ष बिमल गुरूङले व्यङ्ग्य कसे। दार्जिलिङको सिहमारीस्थित गोजमुमो केन्द्रीय कार्यलय नजिक एउटा घरमा आज गोजमुमो र हाम्रो पार्टीले संयुक्त रूपमा सभा गऱ्यो। उक्त सभापछि गोजमुमो अध्यक्ष बिमल गुरूङले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, दार्जिलिङ नगरपालिकाको चुनाउमा नगरपालिका क्षेत्रका जनता एवम् मतदाताहरूले गोजमुमो, भागोप्रमो, गोरामुमो सबैलाई नकार्दै हाम्रो पार्टी माथि विश्वास जताउँदै बोर्ड गठन गर्ने दायित्व सुम्पिएको थियो। नगरपालिका क्षेत्रको जनादेशलाई हामीले पनि स्वीकार गरेका थियौ अनि जनादेशलाई हामी सबैले स्वीकार्नै पर्छ। तर यहाँ रूपियाँ-पैसाको बलमा मतदाताहरूको निर्णयलाई अवहेलना गर्ने काम गरेको छ। जनादेशलाई रूपियाँ पैसामा जोख्ने नेता र ठेकादारहरू नै रहेको बिमल गुरूङले बताए। तिनले स्पष्ट शब्दमा भने, जब मतदाताहरूको मतको कुनै सम्मान एवम् कदर हुँदैन भने चुनाउ होइन, टेन्डर गर। जसले धेर पैसा हाल्न सक्छ उसैलाई सत्ताको चैकीमा राख्दा हुन्छ। जहाँ मतदाताहरूको मतको कुनै कदर हुँदैन, त्यहाँ हामी जाने छैनौ। त्यसकारण आजको चेयरम्यान चुनाउमा हामीले अंश ग्रहण नगरेको हो। विगतको दार्जिलिङ नगरपालिका बोर्डले अबैध निर्माण माथि कार्यवाही गर्ने जो निर्णय लिएको छ, त्यसमाथि हाम्रो गिद्देनजर रहनेछ। नगरवासीको हितमा यदि हामी न्यायलयको ढोका खट्खटाउन परेको खण्डमा हामी तयार रहने छौ, गुरूङले भने। अजय एडवार्डस र आलोक कान्तमणि थुलुङको टेलिफोन भाइरलमाथि मोर्चा अध्यक्ष बिमल गुरूङले बोल्दै एकजना राजनीति नेताले अर्को पार्टीको राजनीति नेतासँग बातचित गर्न सक्छ तर आलोक कान्त मणि थुलुङले राजनैतिक फाइदा उठाउने जुन काम गरेको छ, त्यो अति नै निन्दनीय रहेको तिनले बताए।