जटिल रोगले पीडित 11 वर्षीय सबानाको उपचारको लागि परिवारद्वारा सहयोगको अपील

सिलगढी : जटिल रोगले पीडित 11 वर्षीय सबाना खातुनको परिवारका सदस्यहरूले छोरीको उपचारको लागि सहयोग गरिदिने सबैसित अपील गरेका छन्। प्राप्त जानकारीअनुसार सिलगढीको 34 नम्बर वार्डको सूर्यसेन कोलनी ई ब्लक निवासी सईदुल इस्लामको छोरी सबाना खातुन छैटौँ श्रेणीकी छात्रा हुन्। गत एक वर्ष अघि सबानालाई श्वास कष्ट भएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि तिनको घाँटीमा ट्युमर रहेको चिकित्सकहरूले बताएका थिए। यसपछि दुईपल्ट अपरेसन गरे तापनि हालसम्म सबाना स्वस्थ नभएपछि तिनलाई कोलकाता लैजाने चिकित्सकहरूले परामर्श दिएको छ। सबानालाई उपचारको लागि कोलकाता लैजानको लागि धेरै रुपियाँको खाँचो हुने भएकोले पेशाले चालक सईदुलले छोरीको उपचारको लागि आर्थिक सहयोग गर्ने सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *