जाति, संस्कार बचाउनु हो भने क्षेत्रीय राजनीति बचाउनु अनिवार्य छ: अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गठबन्धन हिल टीएमसीसँग होइन तर एआईटीएमसीसित रहेको कुरा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पत्रकारहरूलाई बताए। तिनले अझ भने, मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले क्षेत्रीय राजनीतिलाई सम्मान गर्छिन्। त्यसैले क्षेत्रीय चुनाउको समय तिनले हामीलाई सघाउने अनि राष्ट्रिय चुनाउमा हामीले तिनीहरुलाई सघाउने हाम्रो एक किसिमको गठबन्धन हो। यसरी नै तिनले जाति, संस्कार बचाउनु हो भने हाम्रो क्षेत्रीय राजनीति बचाउनु अनिवार्य छ भनि बताए। पार्टीले चुनाउको तयारीको निम्ति समिति गठन गरेर काम सुरु गरेको साथै अहिले दार्जिलिङ नगरपालिकाको प्रत्येक वार्डमा काम भइरहेको तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *