जया राईलाई श्रद्धाञ्जलि अर्पण गर्न गोजमुमो अध्यक्ष बिमल गुरुङ सोनादामा

सोनादा : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङ आज सोनादा पच्याङ समष्टीका सक्रिय अनि कर्मठ नारी मोर्चा संयोजिका जया राईलाई श्रद्धाञ्जली अर्पण गर्न तथा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नको लागि सोनादा, ग्यारेज लाइनस्थित तिनको वासस्थानमा पुगे। तिनीसँगै साङ्गठनिक सचिव दिपेन माले लगायत सोनादा क्षेत्रका गोजमुमो प्रतिनिधिहरु पनि समवेदना प्रकट गर्न पुगेका थिए। गोजमुमो पार्टीको सोनादा पच्याङ समष्टीका सक्रिय अनि कर्मठ नारी मोर्चा संयोजिका जया राईको असमायिक निधनले गोजमुमो पार्टीलाई ठूलो क्षति पुगको छ। तिनको निधनले गोर्खा जनमुक्ति मोर्चामा शोकको लहर छाएको छ। पार्टीको मात्र नभएर तिनी समाज र जातिको निम्ति पनि एकजना सक्रिय एवम् कर्मठ कार्यकर्ताको रुपमा परिचित थिइन्। हिजो 13 नोभेम्बरको दिन सामान्य रुपमा अस्वस्थ बनेपछ तिनी आफै एउटा नीजि अस्पतालमा पुगेकी थिइन्। त्यहीँ उपचारको क्रममा हृदयघात भएर तिनको निधन भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *