झोलुङमा यात्री वाहन दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

झोलुङ: जीटीएको सबैभन्दा सुदूरवर्ती क्षेत्र बिन्दु-जलढकादेखि सिलगढी दैनिक चल्ने यात्रीवाहन (WB 76-7975) हिजो राति लगभग 10 बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार झोलुङमाथि परेङटारबाट यात्रीहरू पुऱ्याएर घर फर्किने क्रममा बिहिवार राति लगभग 10 बजे वाहन दुर्घटनाग्रस्त बनेको छ भने झोलुङ म्यागजिन लाइन निवासी गाडी चालक निमा माझीको घटनास्थलमैं मृत्यु भएको छ। बाटो निकै ओह्रालो अनि भीर भएकोले सम्भवत: गाडी अनियन्त्रित भएर माथिल्लो सडकबाट सोझै झरेर तल्लो सडकमा झर्दा चालकको मृत्यु भएको बताइएको छ। चालक निमा माझी मिलनसार साथै सबैलाई सहायता पुऱ्याउने व्यक्ति थिए भने तिनको रमाइलो नृत्य कलाले गर्दा तिनी निक्कै चर्चित बनेका थिए। तिनको आकस्मिक निधनले जलढका क्षेत्रमा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş