झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : फाँसीदेवा ब्लकको जालास निजामतारा अञ्चलको सरकारपाडा इलाकामा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति बाली मोहन सिंहको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार बाली मोहन केही दिनदेखि मानसिक रूपमा अस्वस्थ्य थिए। आज बिहान परिवारका सदस्यहरूले घरभित्र झुन्डिरहेको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *