जिल्ला विद्यालय खेलकूद पर्षदको तर्फबाट अवकाशप्राप्त जिल्ला फिजिकल एडुकेसन अफिसर तथा शिक्षकहरूलाई सम्मान

सिलगढी : जिल्ला विद्यालय खेलकूद पर्षदको तर्फबाट अवकाशप्राप्त जिल्ला फिजिकल एडुकेसन अफिसर लगायत 14 जना फिजिकल एडुकेसन शिक्षकहरूलाई सम्मान जनाइयो। सिलगढीको कञ्चनजङ्घा स्टेडियम हलमा एउटा कार्यक्रमबीच शिक्षकहरूलाई सम्मान जनाइयो। कोरोना कालमा 13 जना फिजिकल एडुकेसन शिक्षक एवम् जिल्ला फिजिकल एडुकेसन अफिसर तपन भट्टाचार्य अवकाश प्राप्त गरेका थिए। कोरोनाले गर्दा त्यस समय तिनीहरूलाई संवर्द्धना नजनाइएकोले जिल्ला विद्यालय खेलकूद पर्षदको तर्फबाट आज एउटा कार्यक्रमबीच संवर्द्धना जनाइएको हो। जिल्ला विद्यालय खेलकूद पर्षद्का सभापति मदन भट्टाचार्यले बताएअनुसार नयाँ खेलाडीहरूलाई खेल क्षेत्रमा अघि बढाउन शिक्षकहरूको निक्कै भूमिका रहेको छ। यसैले अवकाश प्राप्त शिक्षकहरूलाई आज एउटा कार्यक्रमबीच सम्मान जनाइएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *